कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
572

अर्घाखाँची युवा परिषद् तथा जिल्लाको खेलकुद क्षेत्रमा पत्रकारिताको माध्यमबाट उत्कृष्ट कलम चलाएको भन्दै कारोबारकर्मी घनश्याम पौडेललाई सम्मान गरिएको छ । खेलकुदलाई पत्रकारिताको क्षेत्रबाट प्रचारप्रसार गरेको भन्दै कदरपत्र र दोसल्लाले उनलाई सम्मान गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा र अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले उनलाई सम्मान गरेका थिए । कार्यक्रममा खेलकुद, सामाजिक, सांस्कृतिक क्षेत्रबाट कमल विष्ट, क्रिकेट क्षेत्रबाट ऋषिकेश भट्टराई, व्यवसायीको तर्फबाट सन्तोष नेपाली, भलिवल खेलाडी केशरबहादुर केसीलाई पनि सम्मानत गरिएको छ ।
यसैबीच, अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको सर्वाधिक पुरस्कार राशीको एवाईसी अन्तरपालिकास्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगिता सुरु भएको छ । ‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषद्को आयोजनामा भएको भलिवल प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिने परिषद्का महासचिव प्रकाश भुसालले बताए ।