कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
441

रौतहट- हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ । मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप गर्ने अनुमति दिएको हो ।
आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरी प्रधान कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो । १२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुंग्रोमा हालेर हत्या गरेको आरोप आलममाथि छ ।