कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
609

जुम्लाका कैदीबन्दीलाई खसी उपलब्ध गराइएको छ । जुम्लाको पातारासी गाउँपालिकाले कैदी बन्दीलाई दसैं मनाउनउ दुईवटा खसी प्रदान गरेको । पातारासाीका अध्यक्ष लछिमन बोहोरा, उपाध्यक्ष पुन्नकली महतारा सहितको उपस्थितिमा जुम्ला कारागारमा रहेका करिब ८० जना कैदीबन्दीका माझ खसी हस्तान्तण गरिएको हो । खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले पहिलो पटक कैदीबन्दीका पीडा बुझेर पातारसी गाउँपालिकाले मानवियताको धर्म निभाएको भन्दै खुसी व्यक्त गरे ।
दसैं आएको गएको थाहा हुन्थेन, तर यस वर्ष दुईखसी उपहार पाए पछि कारागारको बन्द संसार भित्र पनि सबै कैदीहरु रमाएर मनाउने उनको भनाई छ । पहिलो पटक खसी उपहार पाउँदा वर्षौदेखि कारागारमा दसैं आएको महसुस भएको कैदीबन्दीले बताए । कैदीहरुले दसैं रमाइलो गरी मनाउन भन्ने सोचले खसी उपहार दिएको बताए । नौ हजारका दरले १८ हजारका दुई खसी, एक भलिबल हस्तान्तरण गरिएको छ । अध्यक्ष बोहोराले भने कर्णालीका जिल्लाभरीका कैदीहरुले मिलेर दसैं मनाउन सुझाब दिए ।