कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
561

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यातायात क्षेत्रमा कुनै पनि गुण्डागर्दी चल्ने नदिने बताएका छन् । काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकरुलाई सुरक्षित यात्राको शुभकामना सहित सम्मान गर्दै प्रहरी महानिरीक्षक खनालले यातायात क्षेत्रमा कुनै पनि दादागिरी र गुण्डागर्दी चल्ने नदिने बताए । उनले बसको टिकट बिक्रीमा कुनै विचौलीयाहरु देख्न र सुन्न नचाहेको भन्दै यदी कसैले विभिन्न बहानामा ठगि गर्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरे । उनले चार्डपर्वको मौका पारेर यात्रुलाई ठगि गरेको पाइए तत्काल कारवाही गर्न प्रहरीलाई निर्देशन समेत दिए ।
यस्तै, प्रहरी महानिरीक्षक खनालले चार्ड पर्वमा अमर्यादित कृयाकलाप गर्नेलाई पनि नछाडने चेतावनी दिए । ‘कुना कापचामा लुकेर दादागिरी भइरहेको भए समयमै सुधिनुहोस्’ उनले भने, ‘कान खोलेर सुने हुन्छ ।’
कार्यक्रममा यातायात व्यवसायीहरुले सडक पूर्वाधारका कारण सुरक्षित यात्रा गर्न समस्या भएको गुनासो गरेको थिए । उनीहरुले सडकको अवस्थालाई सुधार आवश्यक रहेको समेत बताए ।