कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६
597

स्याङ्जा- वैदेशिक रोजगार ठगी मुद्दाका एक फरार प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी स्याङ्जाकी तुलसा खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत स्याङ्जाको फैसलाबाट ३ लाख ३० हजार र कैद ३ वर्ष सजाय पाए पनि फरार रहेकी साविक स्याङ्जा जिल्ला बानेथोक देउराली गाउँ विकास समिति– २ को हाल भिरकोट नगरपालिका–३ बस्ने ३७ की तुलसा खड्कालाई प्रहरीले बुटवलमा लुकिछिपि बसेको पत्ता लगाई पक्राउ गरेको हो ।
उनलाई स्याङ्जा जिल्ला अदालतमा पेश गर्दा तोकिएको सजाय भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।