कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
459

संखुवासभाको धर्मदेवी नगरपालीकामा पर्ने अक्करको भिरमा मंगलबार राती बलेरो जिप दुर्घटना भएको छ । खाँदबारीबाट बिरामी बोकेर जाँदै गरेको को १ ज ३७४९ को बलेरो जिप राती करिव सवा दश बजेतिर अरुण नदीमा खस्दा ६ जना हराईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पर्नेहरुमा चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ बर्षिय प्रमेश थापा मगर र उनको भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ र उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका बच्चा समिर श्रेष्ठ रहेका छन् । निमोनियाका कारण जिल्ला अस्पताल खाँदबारीमा बच्चाको उपचार हुन नसकेपछि धरान स्थित विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।
दुर्घटनाको के कारणले भएको हो भन्ने अझै थाहा हुन नसकेको प्रहरीको भनाई छ । निरन्तर पानि परिरहेको र जिप दुर्घटना भएको स्थल अरुण नदी गहिरो भएका कारण दुर्घटना भएको जिप समेत नदेखिएकाले उद्धार गर्न समस्या भएको प्रहरीको भनाई छ ।

कृष्णराज शाक्य