कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
282

जुम्ला- २७ औं राष्ट्रिय बाल दिवसका अवसरमा कारोबारकर्मी सागर परियार सम्मानित भएका छन् । चन्दननाथ नगरपालिका स्तरीय बालसञ्जाल तथा नगर स्तरीय बालकल्याण समितिले आयोजना गरेको कार्यक्रममा परियारलाई सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाको प्रमुख आतिथ्यता तथा नगरपालिका उपमेयर अप्सरादेवी महतको सभापतित्वमा दिवस मनाइएको थियो । जुम्लामा बालबालिकाको हक अधिकारका क्षेत्रमा काम गर्ने गैसस र पत्रकारहरुबाट कारोबारकर्मीलाई सम्मान गरिएको नगरबाल सञ्जालका अध्यक्ष ईश्वर खत्रीले बताए ।