प्रधानसेनापति पूूर्णचन्द्र थापाले छिमेकीको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यका कारण आगामी केही समय अनिश्चिताको अवस्थाले नै निरन्तरता पाउन सक्ने संकेत गरेको बताएका छन् । प्रधानसेनापतिमा पदबहालीको एक वर्ष पुुगेको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उनले भने, “यद्यपि आन्तरिक राजनीतिक परिवेश, विकासका आवश्यकता र सम्भावनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रोे आगामी भविष्य हुनेमा विश्वस्त हुन सक्ने थुप्रै आधार रहेका छन् ।”
समृद्ध नेपाल र सुुखी नेपालीको परिकल्पना विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्थाबिना सम्भव देखिन्न भन्दै प्रधानसेनापति थापाले बाह्य स्वार्थको प्रभावबाट हरेक तह र तप्का सतर्क र सुरक्षित रहँदै आफ्ना राष्ट्रिय हित तथा स्वार्थको संवद्र्धन गर्नु नै आगामी राष्ट्रिय चुनौती भएको बताए ।
समस्याको प्रकृतिअनुसार आन्तरिक सुरक्षा चुनौतीका विषयलाई सम्बोधन गर्ने गरी सरकारले लिएको नीति सफल हुँदै जाने आधार स्थापित हुँदै गएको अनुुभूत गर्न सकिन्छ भन्दै उनले भने, “समयमै समस्याको पहिचान र त्यसको यथोचित समाधान हाम्रो राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको मियो बन्न सक्यो भने आम नागरिकले अपेक्षा गरेभन्दा बढी उपलब्धि हासिल गर्न सक्ने प्रशस्तै आधार छन् ।”