कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
276

अर्घाखाँची जिल्ला अदालतले गतवर्ष ६७.२६ प्रतिशत मुद्दा फैसला गरेको छ । जिल्ला अदालतमा दर्ता भएका मुद्दाको करिब आधा मुद्दा सम्बन्ध बिच्छेदका छन् । गत वर्षजस्तै सम्बन्ध बिच्छेद गर्ने दम्पतीको संख्या यस वर्ष पनि वृद्धि भएको छ ।
अदालतमा महिलाले मात्र होइन, पुरुषले पनि सम्बन्ध विच्छेद पाउँ भनी मुद्दा दर्ता गराएका छन् । नयाँ संहिता आएपछि पुरुषद्वारा ४४ सम्बन्ध विच्छेद मुद्दा, जरुरी पक्राउपुर्जी २९, कसुर ठहर भई सजाय १०, विवाह दर्ता ५, संरक्षण नियुक्ति १ वटा मुद्दा अदालतमा आएको जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिए ।
गतवर्ष जिम्मेवारी सरी आएका ६२ मुद्दा, असार मसान्तसम्म दर्ता भएका ३२६ नयाँ मुद्दा, असार मसान्तसम्म ३८८ मध्ये असार मसान्तसम्म २६१ थान मुद्दा फस्र्योट भई १२७ थान मुद्दाको जिम्मेवारी सरेको र गतवर्ष सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढेको अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताए ।