कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
420

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका अर्का पत्रकार तथा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनैजना अभियुक्तलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ ।
बयान नसकिएकाले उनीहरुलाई हिरासतमा राख्न म्याद थपिएको हो । यसअघि गत शुक्रबार अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको थियो । प्रहरीले सोही दिन लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि सुरुमै १० दिनको समय माग गरिएको थियो ।
पत्रकार पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका उनीहरु पक्राउ परेका थिए । पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै तीनजनालाई पक्राउ गरिएको थियो ।