कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
339

सिंहदरबारभित्रै एक कर्मचारी मंगलबार बिहान मृत फेला परेका छन् । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी कार्यालयमै मृत फेला परेका हुन् ।
उनी लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । केसी सोमबार कार्यालयको काम सकेर घर नगएको प्रहरीको अनुमान छ । उनले कार्यालयमै आत्महत्या गरेको हुन सक्ने कर्मचारी र प्रहरीको आशंका छ ।
उनी मृत भेटिएको ठाउँमा विषादीको बट्टा भेटिएको छ । व्यक्तिगत कारणले नै विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।