कारोबार संवाददाता
मंगलबार, असार ३१, २०७६
370

तेह्रथुम- तेह्रथुमको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकामा अविरल वर्षाका क्षतविक्षत बनेको छ । एक हप्तादेखि परेको अविरल वर्षाका कारण गाउँपालिकाका करिब सय घर जोखिममा रहेका छन् । प्रहरी चौकी, वडा कार्यालय, टोल विकास समिति, जनप्रतिनिधि, रेडक्रस लगायतबाट संकलन भएको तथ्यांकले गाउँपालिकाको सबैभन्दा उच्च जोखिम वडा नम्बर ५ ओख्रे रहेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले
बताए ।
वर्षाका कारण सडक, घर, खानेपानीका मुहान, बिजुलीका पोलका साथै अन्नबालीसमेत क्षति भएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ । मानवीय क्षति नभएपनि ठूलो मात्रामा धनको क्षति भएको गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकालले बताइन् । वर्षाका कारण सवारी साधान सञ्चालन नहुँदा यहाँका किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन ।