कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
359

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती नगर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेस संसदीय दलले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारसँग सुविधा कटौती नगर्न आग्रह गरेको हो ।
“पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती गर्न नेपाली कांग्रेस सहमत छैन,” संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तसर्थ उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ ।”
लामो समयसम्म राष्ट्रसेवकको रुपमा राष्ट्रलाई सेवा र्पुयाएका सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले दसैंलगायत चाडबाड खर्चका लागि एक महिनाको तलब बराबरको रकम दिँदै आएको थियो । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले हाल उक्त रकम कटौती गर्ने तयारी गरेको भन्दै कांग्रेस संसदीय दलले ध्यानाकर्षण भएको जनाएको छ ।