कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६
414

गुठी पक्षधरहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा जनप्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किएको जुलुस माइतीघर मण्डलामा जम्मा भएको थियो । सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयक खारेज हुनुपर्ने उनीहरुको मुख्य माग थियो ।
सरकारले विधेयक फिर्ता लिएपनि प्रधानमन्त्री र भूमिसुधार मन्त्रीले व्यक्त गरेका धारणाले आफूहरुलाई आक्रोशित बनाएको सहभागीले बताएका थिए । जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमिसुधार मन्त्री पद्मा अर्यालको राजीनामा माग गरिएको थियो । गुठी विधेयक फिर्ता होइन, खारेजी गर्नुपर्ने सहभागीहरुको माग थियो ।

विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्था मन्त्री अर्यालले मंगलबार फिर्ता लिएकी थिइन् । उनले सरोकारवालासँगको छलफलका लागि विधेयक फिर्ता लिएको बताएकी थिइन् । प्रदर्शनकारीले सरकारले संस्कृति मास्न खोजेको भन्दै समयमै नसच्चिए सरकार नै मासिने चेतावनी दिएका थिए । उनीहरुले हाम्रो सम्पदा मास्न पाइँदैन, सम्पदा कसैको दाइजो होइनलगायत नारा पनि लगाएका थिए ।

तस्बिरहरु : पूर्णिमा श्रेष्ठ र रासस