कारोबार संवाददाता
सोमवार, असार २, २०७६
276

भ्रष्टाचारविरुद्ध एक युवकले साइकल यात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा सुरु गरी देशभर यात्रा गरिरहेका छन् ।
साइकल यात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । रिपोर्टर्स क्लब नेपालमा आइतबार साइकल यात्राबारे जानकारी दिँदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए । देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । देशमा व्यवहारिक शिक्षा आवश्यक रहेको विषय भ्रमणबाट थाहा पाएको उनले बताए ।