कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
469

कारोबारकर्मी प्रगति ढकाललाई यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । वन तथा वातावरण मन्त्रालयले पत्रकारितामार्फत् वातारण संरक्षणमा पु-याएको योगदानको कदर गर्दै ढकाललाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।
यसअघि पनि ढकालले मिडिया इन कन्जरभेसन अवार्ड, सामुदायिक वन पत्रकारिता पुरस्कार, नेफेजद्वारा प्रदान गरिने वातावरण पत्रकारिता पुरस्कार, वन पैदावार उद्यम प्रवद्र्धन पत्रकारिता पुरस्कार पाइसकेकी छिन् । ढकाल नेपाल वातावरण पत्रकार समूहको कार्यसमिति सदस्य पनि हुन् ।