लक्ष्मण ढुंगाना
मंगलबार, जेठ २८, २०७६
650

बाँके-जेठ १३ गते बाघसंग भिडेर घाइते भएका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका दिपबहादुर श्रीषको भव्य स्वागत गरिएको छ । सोमबार अस्पतालबाट डिष्चार्ज भए लगत्तै पञ्चे बाजागाजा सहित स्थानीयले अस्पतालमै पुगेर स्वागत गरेका हुन । जेठ १३ गते बाघसंग भिडेर घाइते भएका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका दिपबहादुर श्रीषको भव्य स्वागत गरिएको छ । सोमबार अस्पतालबाट डिष्चार्ज भए लगत्तै पञ्चे बाजागाजा सहित स्थानीयले अस्पतालमै पुगेर स्वागत गरेका हुन ।  धौलागिरीका स्थानीय बासिन्दा करिब ९ किलोमिटर टाढाबाट श्रीषको स्वागतका लागि नेपालञ्ज मेडिकल कलेजमा पुगेका थिए । निकै शाहसका साथ बाघसँग लडेर पनि बाँच्न सफल भएको भन्दै घाइते दीपबहादुरको भब्य स्वागत गरिएको हो ।  उनको स्वागतमा गाउँका गन्यमान्य सयौको संख्यामा नेपालगञ्ज आएका थिए । अस्पतालवाट डिस्चार्ज हुने वित्तिकै उनलाई गेटबाटै स्वागत गर्दै नेपालगन्जको सुर्खेतरोड हुँदै गणेशमान चोकवाठ गाउँसम्म निकै स्वागत गरिएको थियो । गाउँलेहरुबाट सम्मान पाएपछि श्रीषले निकै हर्षित भएको बताए । ‘गाउँलेबाट पाएको साथ र सहयोग कदापी बिर्सन सक्दैन’ उनले भने । खजुराको किरण नालाको झाडीमा माछा मार्न गएका श्रीषलाई बाघले आक्रमण गरेको थियो । आक्रमणपछि रडले प्रहार गरी बाघको पञ्जाबाट दीपबहादुर उम्किन सफल भएका थिए । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने अनुमान गरिएपनी आक्रमण गर्ने बाघ कहाँवाट आएको हो थाहा हुन सकेको छैन । देब्रे पाखुरा, ढाड र शरीरका विभिन्न भागमा आक्रमण गरी घाइते भएका दिपबहादुरको १४ दिनपछि डिस्चार्ज भएको हो ।