कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
566

म्याग्दीमा एक बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । बेनी नगरपालिका–४ डाडाँखेतकी १५ बर्षिया बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन युवालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
घर नजिकको शौचालय गएर फर्किने क्रममा गतसोमबार राति मदिरा सेवन गरेर बालिकामाथि बलात्कार गर्ने बेनी नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय कृष्ण बिक, २१ वर्षीय विकास किसान र सोही वडाका १९ वर्षिय प्रेम किसानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरूले किशोरीलाई धम्की दिएर जबरजस्ती बलात्कार गरेको स्वीकार गरेका छन् । पीडितको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक महेन्द्रप्रसाद मरासनीले जानकारी दिए । जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।