कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
139

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारले सदनमा पेश गरेको मिडिया काउन्सिल, आमसञ्चार लगायतका पत्रकारितासँग सम्बन्धित विधेयकका प्रावधान सच्याउन ध्यानाकर्षण गराएको छ । सेजन अध्यक्ष पुष्पराज आचार्यको नेतृत्वमा बुधबार गएको टोलीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस स्वतन्त्रताविरोधी प्रावधानहरु हटाउन माग गरेको हो ।
मन्त्रीपरिषद्बाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धि विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन लगायतका कतिपय प्रावधानहरु प्रेस स्वन्त्रताविरुद्धमा भएको भन्दै यसमा सच्याउन आग्रह गरेको छ । सो अवसरमा सभामुख महराले विधेयक राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आउने बताउँदै प्रतिनिधिसभामा आएपछि सरोकारवालासँग छलफल गर्ने जानकारी दिए ।