रासस
सोमवार, बैशाख ३०, २०७६
269

संवैधानिक तथा कानुन पत्रकार मञ्चको पाँचौं अधिवेशनले नेपाल लाइभका प्रमुख समाचारदाता दुर्गा दुलालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्का, महासचिव भाषा शर्मा (नागरिक दैनिक), सचिव दीपक खरेल (नेपाल खबर) र कोषाध्यक्षमा नीराजन पौडेल (राजधानी दैनिक) चयन भएका छन् ।
सर्वसम्मत चयन भएको कार्यसमितिका सदस्यमा कान्तिपुर टेलिभिजनका दीपक आचार्य र हिमाल खबरका शरद ओझा रहेका छन् ।