कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६
261

भारतको बिहार राज्यसँग जोडिएका सीमा नाका तीन दिनका लागि बन्द भएका छन् । भारतमा हुने लोकसभाको निर्वाचनका लागि नेपाल भारतको सीमा नाका तीन दिन बन्द गरिएको हो ।
भारतको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सीमा क्षेत्रका अधिकारीहरुको बैठकले वैशाख २७ गते शुक्रबार बिहानदेखि वैशाख २९ गते (आज) सम्म तीन दिन नेपाल भारतको सीमा नाका बन्द गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । भारतीय निर्वाचनको सुरक्षा सहज बनाउन सीमा नाकामा हुने आवतजावतबाट मानिसहरुको चाप नियन्त्रणका लागि दुवै देशले सीमा नाका बन्द गर्ने सहमति भएको हो । एक महिना पहिले सीमावर्ती जिल्लाको सुरक्षा समन्वय समिति (बोर्डर डिष्ट्रिक कोअर्डिनेशन कमिटि) को बैठकमा भारतमा हुने लोकसभाको निर्वाचनमा सीमा नाका बन्द गर्न सहमति भएको थियो ।


सातामा धेरै पढिएको