कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
470

कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ ।
पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत कामना न्युज पब्लिकेसन प्रा।लि। का प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठलाई बचाउन नसकिएको पब्लिकेसनले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उनको २०७६ वैशाख ४ गते विहान ११ बजेर ५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
‘करिब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए ।’ विज्ञप्तिमा भनिएको छ ।