कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
491

बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा डुबेर २ जना बेपत्ता भएका छन् । बाँके कोहलपुरका १८ वर्षिय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षिय प्रज्जल कोइराला आइतबार दिउँसो नदीमा डुबेर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागले जानकारी दिए ।
साथीहरुसँगै नुहाउन गएका उनीहरु पौडी खेल्न नजान्दा डुबवेको प्रारम्भिक अनुमानबाट खुलेको छ । अन्य दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् । बेपत्ता भएकाहरुको स्थानीयबासी, प्रहरीलगायतको सक्रियतामा खोज्ने काम भइरहेको बर्दियाका एसपी सुरेन्द्र मैनालीले बताए ।