कारोबार संवाददाता
शनिवार, फाल्गुन ४, २०७५
952

कारोवार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत पत्रकार प्रगति ढकाललाई वन पैदावार उद्यम प्रवद्र्धन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट वन उद्यम प्रवद्र्धन अतुलनीय योगदान पु-याएको भन्दै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको १९ औं साधारण सभाको अवसरमा उनलाई पुरस्कृत गरिएको हो ।
यसअघि पनि मिडिया इन् कन्जरभेसन अवार्ड, सामुदायिक वन पत्रकारिता पुरस्कार, नेफेजद्धारा प्रदान गरिने वातावरण पत्रकारिता पुरस्कार पाईसकेकी छिन् । ढकाललाई नगद २१ हजार १ सय ११ रुयैया र सम्मानपत्र दिईएको छ । उनि विगत ६ बर्षदेखी वन तथा वातावरणका मुद्धामा सक्रिय रुपमा कलम चलाउदै आईरहेकी छिन् । ढकाल हाल नेपाल वातावरण पत्रकार समूहको कार्यसमती सदस्य पनि छिन् । उनी वन तथा वातावरण सम्बन्धि विभिन्न गोष्ठिहरुमा भाग लिन ईन्डोनेसिया, मरोक्को, फ्रान्स, जर्मनी र पोल्याण्ड गईसकेकी छिन् ।