मातृका दाहाल
मंगलबार, बैशाख ११, २०७५

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम विष्फोट गराउने नेत्र विक्रम चन्द विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् ।

499
कारोबार संवाददाता
मंगलबार, बैशाख ११, २०७५

३३ किलो सुनकाण्डमा मुछिएका पूर्वडीआईजी गोविन्द निरौलालाई अनुसन्धानका लागि मोरङ ल्याइएको छ । सुनकाण्डसँगै मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वडीआइजी निरौलालाई सोमबार दिउँसो विराटनगर ल्याइएको हो ।

1149
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

हलेसी तुवाचुङ नगरपालिकाले करिब ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालेको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ ।

473
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

पनौती नगरपालिकाको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा यही वैशाख १५, १६ र १७ मा विहावर महोत्सव हुन लागेको हो ।

1054
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

बबरसिंह थापा सेवा गुठीले वरिष्ठ कवि वैरागी काइँला र कवि विमल वैद्यलाई पुरस्कृत गरेको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा ५१ हजार राशिको देवकुमारी थापा स्मृति सम्मानबाट साढे ५ दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय काइँलालाई पुरस्कृत गरियो ।

231
रासस
सोमवार, बैशाख १०, २०७५

महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई पक्राउ गरेको हो । परिसरले पत्रकार सम्मेलन गरी भारतबाट विभिन्न कम्पनीका मोटरसाइकल चोरी निकासी गरी नेपाल ल्याई नक्कली बिलबुक बनाएर बेच्ने गरेको बताएको छ ।

279
केशव समर्पण
सोमवार, बैशाख १०, २०७५

मकवानपुरमा अवैध हातहतियार र विस्फोटक पदार्थ बरामद हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्मका विभिन्न समयमा प्रहरीले अवैध हातहतियार र विस्फोटक पदार्थसहित आठजनालाई पक्राउ गरिसकेको छ ।

351
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

सिन्धुली जिल्लाका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूले बालबालिकालाई विद्यालयमा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका छन् । बुबा आमा नभएका वा बुबा आमामध्ये कुनै एकजना नभएका तथा गरिब विपन्न परिवारका १५ जना बालबालिकालाई सिन्धुली सदरमुकाम माढीबजारमा रहेको गौमती नमुना माध्यमिक विद्यालयलमा भर्ना गर्दै पढाइको सम्पूर्ण दायित्व उनीहरूले लिएका हुन् ।

295
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

झापाको दमक नगरपालिकाले कृषि तथा पशुपन्छी उत्पादन र व्यवस्थापन कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको छ । जैविक मल र विषादीलाई प्रोत्साहित गरी स्थानीय प्रजातिका बीउबीजन र पशुपन्छीलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले दमक नगरपालिकाले कृषि तथा पशुपन्छी उत्पादन र ब्यवस्थापन कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको मेयर रोमनाथ ओलीले बताए ।

453
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

बाँके सोनपुर–४ मनकामनापुरका किसान व्यावसायिक घाँस खेतीतर्फ आकर्षित बन्दै गएका छन् । पछिल्लो समय किसानले आफ्नै खेतबारीमा घाँस उत्पादन गरी व्यावसायिक गाईपालनसमेत गरिरहेका छन् ।

250
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

305
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले झापाका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

315
घनश्याम पौडेल
आइतवार, बैशाख ९, २०७५

राज्यले नागरिकमा सहज कानुनको पहुँच पुर्याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।

233
दीननाथ बराल
आइतवार, बैशाख ९, २०७५

आठौं पोखरा महोत्सवबाट १ करोड २४ लाख ८ हजार ७ सय ५० रुपैयाँ आम्दानी भएको छ । गत पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा सञ्चालन भएको आठौं पोखरा महोत्सवबाट उक्त रकम आम्दानी भएको आयोजक युनाइटेड क्लवले जनाएको छ। महोत्सवबाट ३८ लाख ६९ हजार ७ सय ४९ रुपैयाँ बचत भएको क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

323
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीय किशोरीको हत्यामा संलग्न अभियुक्तलाई रुपन्देही प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । वैशाख ३ गते राति घरबाट निस्किएकी हरिजन थरकी किशोरी ४ गते विहान घर नजिकैको खेतमा मृत अबस्थामा भेटिएकी थिइन् ।

500