कारोबार संवाददाता
बिहिवार, पुष १२, २०७५

बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ ।

992
कारोबार संवाददाता
बुधवार, पुष ११, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ विन्दुमा पुगेको छ ।

1233
रासस
मंगलबार, पुष १०, २०७५

स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४-७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् ।

1235
कारोबार संवाददाता
मंगलबार, पुष १०, २०७५

धितोपत्र बोर्डले दोलखाका लगानीकर्ताहरूलाई पुँजीबजारबारे प्रशिक्षण दिएको छ । सबैभन्दा धेरै लगानीकर्ता रहेको दोलखामा पुँजीबजारको वर्तमान अवस्था, यसको अवसर र जोखिमका बारेमा जानकारीमूलक कार्यक्रम गरेको हो ।

898
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

नागरिक लगानी कोषको शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई २२ दशमलव शून्य ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिसत प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । । कोषको आव ०७३-७४ को नाफाबाट उक्त बोनस सेयर दिन लागेको हो । आव ०७२-७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैया रहेकोमा आव ०७३-७४ मा २९ करोड २४ लाख रुपैयाँ पुगेको छ । चालू आवको असोज मसान्तसम्ममा कोषको फन्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

895
कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५

बेस्ट फाइनान्स लिमिटेडले साविक सिनर्जी फाइनान्सतर्फको संस्थापक र सर्वसाधरणतर्फको कुल ८ लाख ५ हजार ८४ दशमलव ४७ कित्ता अवितरीत हकप्रद सेयर लिलाम बिक्री गर्न सर्वसाधारणका लागि आवेदन खुला गरेको ५ ।

995
रासस
बुधवार, पुष ४, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।

1138
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ ।

1012
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएका अवाञ्छित गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

1040
कारोबार संवाददाता
मंगलबार, पुष ३, २०७५

आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ ।

886
भुवन पौडेल
मंगलबार, पुष ३, २०७५

सेयर खरिद–बिक्री गराएको भन्दै धितोपत्र दलाल कम्पनी लगानीकर्ताको आक्रमणमा गरेका छन् । अनसनरत केही सेयर लगानीकर्ताले सेयर कारोबार नगर्ने भने पनि ४२ करोड रुपैयाँबराबरको कारोबार भएपछि दलाल कम्पनी आक्रमणमा परेका हुन् । सेयर लगानीकर्ता बताउने ४०–५० जनाको समूहले सोमबार आधा दर्जन धितोपत्र दलाल कम्पनीमा गएर सेयर कारोबार किन गराएको भन्दै धम्की दिने तथा भौतिक आक्रमणसमेत गरेको ब्रोकर कम्पनीले जनाएका छन् ।

1138
कारोबार संवाददाता
सोमवार, पुष २, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।

1037
रासस
सोमवार, पुष २, २०७५

पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

972
दिलबहादुर केसी
सोमवार, पुष २, २०७५

के तपाईंको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीमा हालेर नपरेको सेयर वापतको पैसा पाउनुभएको छैन ? यदि छैन भने अब चिन्ता लिनु पर्दैन । सेयरमा नपरेको पैसाको चेक सेयर संकलन केन्द्र (बैंक)मा आइसकेको छ । आइतबारबाट संकलन केन्द्रहरूले खातामा पैसा फिर्ता नजानेहरूको चेक वितरण सुरु गरेको छ ।

1140
कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

एनआईबीएल एस क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारणहरूलाई निष्कासन गरिएको चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरहरू शुक्रबारका दिन सर्वसाधारणहरूमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

967