रासस
शुक्रवार, चैत्र १, २०७५

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर १ हजार १५५.५० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ ।

661
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले ५ लाख रुपैयाँभन्दा कमको सेयर कारोबार गर्दा स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने भएको छ । विहीबार नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्दै ५ लाख रुपैयाँको सिलिङ तोकेको हो । यससंगै सेयर लगानीकर्तालाई बैशाख १ गतेदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्दा प्यान अनिवार्य भएको छ ।

815
भुवन पौडेल
बिहिवार, फाल्गुन ३०, २०७५

गत कात्तिकमा सर्वसाधारणमा १ करोड ५८ लाख सेयर निष्कासन गरेको अपर तामाकोसीमा ४.४ गुणा आवेदन प¥यो । सो कम्पनीको सेयरका लागि उपत्यकाभित्रबाट २८.९ प्रतिशत अर्थात १ लाख ५६ जना लगानीकर्ताले आवेदन दिए भने उपत्यकाबाहिरबाट ७१.०९ प्रतिशत अर्थात २ लाख ४६ हजार १ सय १७ जनाले आवेदन दिए ।

794
भुवन पौडेल
बुधवार, फाल्गुन २९, २०७५

धितोपत्र बजारमा जोडिएका लगानीकर्ताको संख्या साढे १४ लाखभन्दा बढी रहेको पाइएको छ । पछिल्लो समय बजार विस्तार भएको तथा सानो रकम पनि लगानी गर्न सकिने भएकाले लगानीकर्ताको संख्या उच्च देखिएको हो । केन्द्रीय निक्षेप सेवा सञ्चालन गरी सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरेपछि सेयर बजारमा जोडिएका लगानीकर्ताको संख्या १४ लाखभन्दा बढी देखिएको हो । यद्यपि, डिम्याट खाता खोल्न बाँकी रहेको लगानीकर्ताको संख्या अझै बढी रहेको अनुमान गरिएको छ । डिम्याट खाताका आधारमा लगानीकर्ताको संख्या गणना गर्दा मंगलबारसम्ममा १४ लाख ६० हजार ५ सय ८३ पुगेको छ । जसमध्ये ७ हजार २ सय २१

1332
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या भएको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।

735
कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५

नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएपछि आइतबारको सेयर कारोबार प्रभावित भएको छ । बजार खुलेको एक घण्टा ४५ मिनेटपछि देखिएको समस्या समाधान हुन नसक्दा कारोबार नै प्रभावित भएको हो । आइतबार कारोबार प्रणालीमा देखिएको समस्या सिस्टम निर्माता कम्पनी वाइको प्रालिको प्रोटोकल लेयरमा नै समस्या देखिएकाले अन्य दिनको भन्दा जटिल रहेको नेप्सेले जनाएको छ । ब्रोकरले कारोबार गर्ने म्याचिङ इन्जिनमा ’लग इन’ हुन नसके पछि बजार खुलेको पौने दुई घण्टापछि कुनै कारोबार हुन सकेन् ।

700
कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५

धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका सेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको ६ लाख ६३ हजार ८ सय ४६ कित्ता सेयर लाभांश सूचीकृत भएका छन् । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५ सय ५३ कित्ता सेयर लाभांश र मेगा बैंकको १० लाख ३० हजार ९४८ कित्ता सेयर लाभांशसमेत सूचीकृत भएको छ ।

875
रासस
शुक्रवार, फाल्गुन २४, २०७५

लामो समयपछि सेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापन नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको हो । नेप्से परिसूचक कुल १६ दशमलव शून्य एक बिन्दुले बढेर १ हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ ।

762
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५

निरन्तर घट्दो क्रममा रहेको सेयर बजार परिसूचक यो साताका पछिल्ला दिनहरुमा सुधारको गतिमा देखिएको छ । साताको सुरुवातिमा ११ सयको बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) बुधबार ११११ अंकमा पुगेको छ । बैंकिङ क्षेत्रको ब्याजदर बढेपछि घट्न थालेको नेप्से परिसूचक निरन्तर घटिरहेको थियो । तर, बुधबार ९.१२ अंकको सुधार भई ११११.७६ अंकमा पुगेको हो । बुधबार नेप्से परिसूचक बढेको भए पनि कारोबार रकम भने २२ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ । बजार सुधार हुने नहुने द्विविधाले दोस्रो बजारमा कारोबार रकम घटिरहेको हो ।

972
रासस
बुधवार, फाल्गुन १५, २०७५

धितोपत्र बजारमा मंगलबार पनि सेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर १ हजार १०२ दशमलव ५६ बिन्दुमा झरेको छ ।

805
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

पुँजी बजारका विज्ञहरूले सेयर बजारमा पछिल्लो समय गिरावट आए पनि चिन्ताजनक अवस्थामा भने नरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा अर्थ समितिको मंगलबारको बैठकमा पुँजी बजारका विज्ञ डा. गोपालप्रसाद भट्टले सेयर बजारमा पछिल्लो समय आएको गिरावट स्वभाविक भएको बताए ।

1759
कारोबार संवाददाता
सोमवार, फाल्गुन ६, २०७५

सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्मा श्री शिवम् सिमेन्टस् लिमिटेडकोे प्रतिसेयर सय अंकित दरमा प्रिमियम बापत २ सय रुपैयाँ थप गरी प्रतिसेयर ३ सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणका निमित्त फागुन ६ गते सोमबार (आज)देखि बिक्री खुला गरिएको जनाएको छ ।

1538
कारोबार संवाददाता
सोमवार, फाल्गुन ६, २०७५

सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रममा सर्वसाधारणका लागि व्यवस्था गरिएको ४९ प्रतिशत स्वपुँजी संकलनको लागि गरिने सेयर निष्कासन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने धितोपत्र बोर्डले विशेष कानुनी व्यवस्था गरेको छ । बोर्डले अर्थ मन्त्रालयको निर्देशनअनुसार सरकारको कार्यक्रम सफल पार्न आवश्यक नियम तथा कानुनी व्यवस्थाका धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा दोस्रो संशोधन गरेको हो ।

1198
रासस
आइतवार, फाल्गुन ५, २०७५

धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका सेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जकाअनुसार एनसीसी बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् । यस्तै जानकी फाइनान्स लिमिटेडको ८ लाख ८७ हजार ४६६ कित्ता सेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता सेयर लाभांश सूचीकृत भएको छ ।

1076
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

दोलखा जिल्लाको खारे कोरिडोरमा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनिभर्सल पावरले सार्वजनिक सेयर निष्कासन गरेको छ ।

1861

सातामा धेरै पढिएको