कारोबार संवाददाता
सोमवार, माघ ६, २०७६

साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आइतबारको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको हो ।

458
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

चालू आर्थिक वर्षको पुससम्ममा १६ कम्पनीले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन अनुमति पाएका छन् । यो सार्वजनिक निष्कासन गत आर्थिक वर्षको सोही अवधीको तुलनामा २१.२ प्रतिशतले धेरै हो । चालू आवको पुससम्ममा सार्वजनिक निष्कासन अनुमतिप्राप्त रकममध्ये १६.५ अर्ब रुपैयाँ बरावरको ऋणपत्र धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको हो ।

1633
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

सातको अन्तिम दिन बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताको ३ दिन बजार बढे पनि बुधबार भने सामान्य अंकले घटेको नेप्सेमा बिहीबार भने झिनो अंकको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुगेको हो ।

657
कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६

लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले बढेको छ । यस साताको सुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा नै नेप्सेमा दोहोरो अंकको वृद्धि कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ । धेरै पछि कारोबार रकम अर्ब माथि पुगेको छ ।

617
कारोबार संवाददाता
मंगलबार, पुष २२, २०७६

धितोपत्र बजारमा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १८.२६ अंकले बढेर एक हजार २००.६९ मा पुगेको छ । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अंकले बढेर २६०.६७ पुगेको छ ।

661
भुवन पौडेल
मंगलबार, पुष २२, २०७६

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुङगानालाइ नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले ढुङगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । करिब साढे २ महिना देखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका लागि कात्तिक २० गते छनोट समिति गठन गरेको थियो । सो समितिले गत साता मात्र ढुङगाना सहित ३ जनाको नाम सिफारी गरेको थियो ।

745
कारोबार संवाददाता
सोमवार, पुष २१, २०७६

साताको पहिलो दिन नै धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५१ विन्दुले बढेर २५५.६९ मा पुगेको छ । नेप्सेको छलाङसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कुल १ सय ७३ कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता सेयर ७१ करोड २४ लाख २५ हजार ८ सय २७ रुपैयाँमा खरिद बिक्री भए ।

457
कारोबार संवाददाता
आइतवार, पुष २०, २०७६

धितोपत्र बजारमा अघिल्लो साता कुल १ सय ८१ कम्पनीका ७१ लाख ८४ हजार ६ सय ३९ कित्ता सेयर खरिद बिक्री भए । बजारमा कारोबार मापक नेप्से परिसूचक तुलनात्मक रूपमा अस्थिर रहेको बेला साताभर २ अर्ब ३९ करोड ९२ लाख ७३ हजार ६५ रुपैयाँ बराबरको कारोबार भयो । साताको पहिलो दिन आइतबार कारोबार मापक नेप्से परिसूचक झन्डै ५ अंकले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुग्यो ।

483
कारोबार संवाददाता
बुधवार, पुष १६, २०७६

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि गठन भएको समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रीपरिषदले सिफारिस गरेकामध्ये एक जनालाई नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ ।

624
कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६

साताको पहिलो दिन आइतबार करिब ५ अंकले ओरालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने साढे पाँच अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.५३ अंकले बढेर एक हजार १६७.९५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको छ । कुल १ सय ७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता सेयर ६२ करोड २३ लाख ६३ हजार ४ सय ८८ रुपैयाँमा खरिद–बिक्री भए ।

543
कारोबार संवाददाता
शुक्रवार, पुष ४, २०७६

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य रूपमा ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ ।

738
कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६

आइतबार झिनो अंकले मात्रै वृद्धि भएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.८६ विन्दुले घटेर एक हजार १११.९९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ । नेप्से झिनो अंकले घटे पनि कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ ।

841
कारोबार संवाददाता
मंगलबार, मंसिर १०, २०७६

बुटवल क्षेत्रका लगानीकर्तालाई पुँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुटवलमा लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पुँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने दाबी गरेको छ ।

999
कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६

साताभर नै धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल १ सय ६७ कम्पनीको ५५ लाख २० हजार ८ सय २२ कित्ता सेयर १ अर्ब ५७ करोड २८ लाख ७३ हजार ४ सय ९५ रुपैयाँमा खरिद बिक्री भए । बजार उतार चढावपूर्ण रहँदा कारोबार रकमसमेत प्रभावित भए । साताको पहिलो दिन नै धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झ¥यो । पहिलो दिन नेप्से आरोलो लागे पनि कारोबार रकममा भने वृद्धि भयो ।

717
भुवन पौडेल
शुक्रवार, कार्तिक २२, २०७६

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अनलाइन कारोबार प्रणाली सुरु गरेको एक वर्ष अवधिमा कुल १ खर्ब ६ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । तर, यो अवधिमा अनलाइनमार्फत भने १६ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेको नयाँ कारोबारप्रणालीमार्फत अनलाइनमा मात्र आधार भएर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या पनि विस्तारै बढ्दै गएको नेप्सेले जनाएको छ । यस अवधिमा नेप्सेको कुल कारोबारको १५.६ प्रतिशत अनलाइनमार्फत सेयर कारोबार भएको छ ।

1234