कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक निरन्तर ओरालो लागेर १४ सय भन्दा तल झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आइ ३२ करोड रुपैयाँमा झरेको छ । नेप्सेमा कारोबार भएको यो साताको तेस्रो दिन मंगलबार पनि नेप्से घट्ने क्रम जारी रह्यो । सोमबार समान्य अंकले घटेको नेप्से मंगलबार ९ अंकले घटेको हो । बजार सूचक संगै कारोबार रकममा पनि आएको गिरावटले सेयर लगानीकर्तामा लगानी वढाउने वा बित्री गर्ने भन्नेमा अन्योल देखिन्छ ।

1678
भुवन पौडेल
मंगलबार, माघ ९, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मात्र नभएर समग्र कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा नेप्सेमा ६२ अर्ब ४० करोड ९८ लाख रूपैयाँ बरावरको सेयर किनबेच भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा नेप्सेमा भएको कारोबार रकम गत आर्थिक वर्ष २०७३-७४ को मंसिरसम्मको तुलनामा ४१.२ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा नेप्सेमा १ खर्ब ६ अर्ब १४ करोड ५८ लाख रूपैयाँ बरावरको सेयर कारोबार भएको थियो ।

994
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

अघिल्लो साता केही बढेको सेयर बजार परिसूच (नेप्से) गएको साता २४ अंकले ओरालो लागेको छ । यसलाई होटल, वाणिज्य बैंक, विकास बैंक, वित्त उत्पादनमूलक र लघुवित्त समूहले साथ दिएको छ । सूचीकृत कुनै पनि समूह बढेका छैनन् । यसले आगामी दिनमा सेयर बजार अझै ओरालो लाग्न सक्ने देखिन्छ । कुनै पनि परिसूचक उकालो नलाग्नुको अर्थ आगामी साता पनि सेयर बजार ओरालो लाग्नु नै हो । त्यसबाहेक बैंकिङ ब्याजदर, राजनीतिक परिवर्तनजस्ता कुराले पनि सेयर बजारमा असर पर्नसक्छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ ।

1309
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

नेपाल धितोपत्र बोर्डले नेपाल रेटिङ एजेन्सी (एनआरए) स्थापनाका लागि सैद्धान्तिक अनुमति दिएको छ । बोर्डबाट कम्पनी स्थापनाको सहमति पाएपछि कम्पनीले पूर्वाधार निमार्णको काम सुरु गर्नेछ ।

1310
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

सामान्य अंकले उकालो लागेको सेयर बजार परिसूचक (नेप्से) आउँदो साता पनि बढ्ने देखिन्छ । यो साता नेप्से ८ अंकले उकालो लागेको छ । यसलाई होटल, वाणिज्य बैंक, विकास बैंक, वित्त समूहले साथ दिएको छ । उत्पादनमूलक र लघुवित्त समूह सामान्य ओरालो लागे पनि समग्रमा नेप्से बढेको छ । तर नेप्से बढे पनि साताभरको कारोबार भने घटेको छ । अघिल्लो साताको तुलनामा गत साताको कारोबार ३६ प्रतिसतले घटेको छ ।

2602
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

नेपाल धितोपत्र बोर्डले नक्कली सेयर कारोबार गर्ने गोविन्द घिमिरेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । घिमिरेले केही समय अघि चिलिमे जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली शेयर कारोबार गरेको आरोपमा मुद्दा चलाइएको हो ।

1463
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

लगातार ओरालो लागेको सेयर बजार गएको साता ३३ अंकले उकालो लागेको छ । समूहगत रूपमा हेर्दा व्यापार समूह केही ओरालो लागेको छ । व्यापारबाहेक सबै समूह उकालो लागेका छन् । गएको साता सेयर बजार केही बढेको भए पनि आउँदो साता पनि सेयर बजार उकालो लाग्न सक्ने सम्भावना देखिँदैन ।

2359
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढ्ने क्रम बुधबार रोकिएको छ । सोमबार र मंगलबार निरन्तर बढेको नेप्से परिसूचक बुधबार घटेको हो । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । घट्दो बजारमा कारोबार रकमसमेत कमी आउनु भनेको तत्काल सेयर बिक्री गर्ने लगानीकर्ता कम छन् भन्ने बुझिन्छ । विगतका केही दिनको बढाइका कारण लगानीकर्ताले आगामी दिनमा बढ्न सक्ने भएकाले बिक्री गर्न नखोजेको हुनसक्छ ।

1806
कारोबार संवाददाता
बुधवार, पुष १९, २०७४

निरन्तर घट्दो क्रममा रहेको सेयर बजार मंगलबार पनि बढेको छ । सोमबार ४४ अंकले बढेको धितोपत्र बजार सूचक मंगलबार पनि सामान्य अंकले बढेको हो । बैंकहरूले तत्काल ऋणको ब्याजदर नघटाउने भद्र सहमति सेयर लगानीकर्तासँग गरेपछि सेयर बजार सुधारको गतिमा देखिएको हो ।

1965
कारोबार संवाददाता
मंगलबार, पुष १८, २०७४

निरन्तर घट्दो क्रममा रहेको सेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर बढेको धितोपत्र बजार सूचक ४४ अंकले बढेको हो । पछिल्लो समयमा निरन्तर घटेर १४ सयभन्दा तल आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार पुनः १४ सयभन्दा माथि चढेको हो ।

1234
कारोबार संवाददाता
आइतवार, पुष १६, २०७४

लगातार ओरालो लागेको सेयर बजार गएको साता ५२ अंकले ओरालो लागेको छ । समूहगत रूपमा हेर्दा बिमा समूह सबैभन्दा धेरै २८० अंकले ओरालो लागेको छ । व्यापारबाहेक कुनै पनि समूह उकालो लागेका छैनन् । आउँदो साता पनि सेयर बजार उकालो लाग्न सक्ने सम्भावना देखिँदैन, तर सरकार गठन भएको खण्डमा लगानीकर्ता उत्साही भई खरिदमा चाप पर्न सक्छ । आउँदो साता सेयर बजारमा तरलताको प्र्रत्यक्ष असर देखिन सक्ने सम्भावना छ । अहिले नै वाणिज्य बैंकहरुले ब्याजदर बढाउन लागिसकेकाले यसको पहिलो असर यही देखिन्छ । साथै राजनीतिक र अन्य कारणले पनि बजार ओरालो लाग्न सक्ने देखिन्छ ।

1107
कारोबार संवाददाता
बिहिवार, पुष १३, २०७४

सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । पछिल्लो समयमा निरन्तर घटेको सेयर बजार परिसूचक बुधबार पनि साढे २१ अंकले घटेको हो ।

1316
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । पछिल्लो समयमा निरन्तर घटेको सेयर बजार परिसूचक मंगलबार पनि २० अंकले घटेको हो । सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएन । पछिल्लो समयमा बैंक वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजार घट्न थालेको हो । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजीको सीमितताका कारण ब्याजदर बढेर निक्षेप लिने क्रम बढेको छ । सेयर बजारमा धितोपत्रको आपूर्ति धेरै भएको अवस्था बजारबाट पैसा झिकेर बैंक वित्तीय संस्थामा निक्षेप राख्न थालेपछि सेयर बजार घटेको हो ।

1236
कारोबार संवाददाता
आइतवार, पुष ९, २०७४

प्रिमियर इन्स्योरेन्स कम्पनीले पुस १६ गतेदेखि ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर प्रिमियममा नयाँ निष्कासन गर्ने भएको छ । कम्पनीको प्रिमियमसहित एक कित्ता सेयर खरिदका लागि ७ सय ९९ रुपैयाँ बुझाउनुपर्नेछ ।

2104
कारोबार संवाददाता
आइतवार, पुष ९, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सेयर लगानी गर्ने भएको छ । सेयर बजारमा १० अर्ब रुपैयाँ लगानी गर्ने एनआरएनएको योजना छ । एनआरएनएले सेयर बजारमा संस्थागत रूपमा लगानी गर्न चाहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरू र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा अन्य उच्च पदाधिकारीहरूबीच धितोपत्र बजारमा लगानी गर्ने सम्बन्धमा भएको छलफलमा एनआएनएले सेयर बजारमा लगानी गर्न चाहेको बताएको बोर्डले जनाएको छ ।

1751