कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १६, २०७६

पछिल्लो एक सातामा करिब २ सय बिन्दुले बढेर सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन पनि नयाँ उचाइ लिँदै १६३२.१७ अंकमा बन्द भएको छ । आइतबार १४३४.५८ मा खुलेको बजार साताको अन्तिम दिन बिहीबार भने १६३२.१७ अंकमा बन्द भएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचकमात्रै नभएर कारोबार रकममा पनि हालसम्मको नयाँ कीर्तीमान बनाउँदै बिहीबार एकैदिन ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । बजारमा १ सय ८० कम्पनीका १० लाखभन्दा बढी कित्ता सेयर ४ अर्ब ४६ करोड रुपैयाँका कारोबार भएको नेप्सेले विज्ञप्तिमा जनाएको छ ।

698
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६

गत सातादेखि रेकर्ड राख्दै अगाडि बढेको सेयर बजारले बुधबार दिनभर भएको तीब्र उतारचढावबीच ४ अर्ब भन्दा बढीको कारोबार भएर सेयर कारोबार रकममा नयाँ किर्तिमान राखेको छ । यस्तै, सेयर बजारमा मापक नेप्से परिसूचक पनि ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो ।

628
कारोबार संवाददाता
बुधवार, फाल्गुन १४, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मंगलबार ४३.०२ ले बढेर १ हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ । नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ ।

429
भुवन पौडेल
सोमवार, फाल्गुन १२, २०७६

धितोपत्र बजारको अस्वाभाविक उतारचढावमा जोखिम पनि सोही मात्रामा वढ्दै जान्छ । अस्थिर बजारमा हल्लाले धेरै काम गर्ने भएकाले उपयुक्त कम्पनी छनोट तथा पर्याप्त बजारको विश्लेषणबिना लगानी गर्ने प्रवृत्ति हावी हुने भएकाले उच्च जोखिम रहने गर्छ । तर, आइतबार नेप्सेमा हालसम्मकै उच्च ३ अर्ब ६० करोडको रूपैयाँ बरावरको सेयर कारोबार भएको छ । त्यसैगरी बजार परिसूचक नेप्से ६९.५६ अंकले वढेर १५०४.१४ अंकमा पुगेको छ ।

1666
कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६

लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड ’ पछ्यायो । बजार उकालो लागेर डेढ वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् ।

390
भुवन पौडेल
शुक्रवार, फाल्गुन ९, २०७६

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बिहीबार हालसम्मकै उच्च रकमको सेयर खरिद–बिक्री भएको छ । नेप्सेमा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

675
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३४ अंकले बढेको छ । लगातार उकालो लागेको बजारमा सोमबार नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर १ हजार ३९८.२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले १ हजार ४ सयको दिशा पक्डेको छ । नेप्सेमा उच्च अंकको वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा परेको छ ।

430
कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर मंगलबार एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कुल १ सय ७५ कम्पनीको ३९ लाख ९६ हजार ८ सय ७७ कित्ता सेयर १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४ सय ४० रुपैयाँमा खरिद बिक्री भए ।

490
कारोबार संवाददाता
बुधवार, माघ २२, २०७६

लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ ।

434
कारोबार संवाददाता
सोमवार, माघ २०, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २१. २६ अंकले उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर १ हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ ।

607
कारोबार संवाददाता
शुक्रवार, माघ १७, २०७६

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक बिहीबार झन्डै २० अंकले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।

536
कारोबार संवाददाता
मंगलबार, माघ १४, २०७६

आइतबार दोहोरो अंकले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार भने झन्डै २४ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ ।

583
कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६

साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झन्डै २१ अंकले ओरालो लागेको छ । आइतबार नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा पुगेको छ ।

644
कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६

धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर सेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कुल १ सय ८७ कम्पनीका सेयर कारोबार भए ।

670
कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६

मंगलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ७.०५ अंकले घटेर एक हजार ३१३.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१३ अंकले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कुल १ सय ८७ कम्पनीका ४९ लाख १४ हजार ४ सय ३७ कित्ता सेयर १ अर्ब ५८ करोड १३ लाख ८१ हजार ३ सय ६४ रुपैयाँमा खरिद बिक्री भयो ।

529