माथिल्लो तामाकोसी आयोजना प्रभावितका लागि निर्धारण गरिएको मिति सरेको छ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको स्थानीयका लागि १० प्रतिशत सेयर अब आउँदो साउन १६ गतेदेखि भदौ १४ गतेसम्म संकलन हुनेछ ।
निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत सेयर वितरणको प्रक्रिया स्थगन भएको छ ।
अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्ब ६४ करोड बराबरको सेयर निष्काशन गरेको छ । बहुप्रतीक्षित आयोजनाको सेयर संकलनका लागि मंगलबार आह्वानपत्र प्रकाशित गरेको हो । दोलखावासीलाई सेयर निष्कासनपछि र साधारण सेयर (आईपीओ) निष्कासन भएको हो ।
धितोपत्र बजारमा सुरु भएको अनलाइन कारोबार प्रणाली धितोपत्र दलाल कम्पनीलाइ नै बोझ बन्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधिक पूर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो । हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोही अनुपातमा अनलाइन कारोबार प्रणालीका लागि लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको छ ।
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच ५६ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको छ ।
विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ ।
सरकारले बोनस र हकप्रद सेयरमा अंकित मूल्यलाइ आधार मानी पुँजीगत लाभकर लगाउने व्यवस्था कार्यान्वयन स्थगित गरेपछि १५ दिनको लागि समस्या टरेको छ । लगानीकर्ताले बुधबार पनि सेयर खरिद बिक्री नगरेर बजार ठप्प पारेपछि अर्थ मन्त्रालय आफ्नो निर्णय स्थगित गर्न बाध्य भएको हो ।
सेयर बजार सुचारु भएको छ । अर्थ मन्त्रालयले पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न सहमत भएपछि नेप्से खुलेको हो । सरकारले हालै कार्यान्वयनमा ल्याएको हकप्रद र बोनस सेयरमा लाग्ने लाभकरको निर्णय स्थगन गरेको छ । लगानीकर्ताको निरन्तरको आन्दोलन र बजार नै ठप्प पार्ने सम्मका गतिविधिका कारण सरकार घुँडा टेक्न बाध्य भएको हो ।
नेपाली कांग्रेसले सेयर बजारको आन्दोलनलाई साथ दिएको छ । नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले पनि सेयर बजारको आन्दोलनलाई साथ दिएका हुन् । उनले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्विट लेखेका छन् -- सेयर मार्केटमा `कम्युनिस्ट कर´ ! नाफा कमाउंदा कर तिर्नु पर्छ l तर नाफा-घाटा टुंगो हुनु अघिनै कर तिर्नुपर्ने, सेयर मार्केटमा पसेको जनवादी बौद्धिकताको यो नितिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्याउंदैन l खारेज गरियोस् !!
हकप्रद र बोनस सेयरमा अंकित मूल्यलाइ आधार मूल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोबार नै ठप्प पारेका छन् । आन्तरिक राजस्व विभागले आइतबार यस्तो व्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्वारा सहमति खोज्ने प्रयास गरेका थिए । तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोबार नै ठप्प भएको हो ।
आन्तरिक राजस्व विभागले हाल अभ्यासमा रहेको पुँजीगत लाभकर गणना पद्धति आफूअनुकुल व्याख्या गर्दा सेयर लगानीकर्तामाथि करको अप्रत्याशित भार थपिएको छ । हाल हकप्रद र बोनस सेयरको आधार मूल्य निर्धारण अन्तराष्ट्रिय अभ्यासअनुसार गर्दा पनि आन्तरिक राजस्व विभागले स्वीकार नगरेपछि समस्या झनै बढेको हो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३५४८ कारोबारबाट दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरका ४७ लाख ४४ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८.५६ प्रतिशत बढी हो ।
रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको सेयर व्यवस्थापन भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ ।