कारोबार संवाददाता
मंगलबार, श्रावण ६, २०७७

विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्ने व्यवस्थापकले स्वेदशी मात्र नभइ विदेशी कोषको समेत व्यवस्थापन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७७ लाई संशोधन गरी विदेशी कोषको समेत व्यवस्थापन गर्न सकिने व्यव्स्था गरेको हो । धितोपत्र बोर्डले नियमावली संशोधन गरेर अर्थ मन्त्रालयबाट स्वीकृत गराई साउन १ गतेदेखि लागु गरेको समेत जनाएको छ । विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावलीमा विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्सन्ट्रुमेन्ट र ऋणलाई समावेश गर्न संशोधन गरेको गरेको हो ।

548
कारोबार संवाददाता
सोमवार, श्रावण ५, २०७७

नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा आइतबार चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

1638
भुवन पौडेल
सोमवार, श्रावण ५, २०७७

नेपाल धितोपत्र बोर्डले यस वर्ष नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विदेशी रणनीतिक साझेदार भित्र्याउने भएको छ । धितोपत्र बोर्ड चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याई दोस्रो बजार कारोबार प्रणालीलाई सुदृढ गर्ने भएको हो । हाल सरकारसहित नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, धितोपत्र दलाल कम्पनीहरू र केही पब्लिक कम्पनीको नेप्सेमा लगानी रहेको छ ।

825
कारोबार संवाददाता
शनिवार, श्रावण ३, २०७७

बैंकबाट ऋण लिएर घर किन्न चाहने उपभोक्तालाई केही राहत भएको छ । साथै, नेपाल राष्ट्र बैंकले सेयर कर्जामा पनि केहि राहत दिएको छ ।

1741
कारोबार संवाददाता
शुक्रवार, श्रावण २, २०७७

माउन्टेन इनर्जी नेपालले यही साउन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सर्वसाधारणलाई नभइ उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता साधारण साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको जनाएको छ ।

788
कारोबार संवाददाता
शुक्रवार, श्रावण २, २०७७

माउन्टेन इनर्जी नेपालले यही साउन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सर्वसाधारणलाई नभइ उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता साधारण साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको जनाएको छ ।

745
कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७

सेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा बुधबार १०.१३ अंकको गिरावटसँगै १३ सय २६.५३ अंकमा पुगेको हो ।

703
कारोबार संवाददाता
बुधवार, असार २४, २०७७

सेयर बजारमा मापन गर्ने सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३७.९३ अंकले बढेर १३३६.६६ अंकमा उक्लिएको हो ।

552
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

नागरिक लगानी कोषको २५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले २२ प्रतिसत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२.८४ प्रतिशत हकप्रद सेयर दिने प्रस्तावलाई पनि पास गरेको छ ।

931
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

साधना लघुवित्तले आइतबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता शेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

1275
कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७

नागरिक लगानी कोषले चैत मसान्तसम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कोषको नाफामा गत वर्षको तुलनामा १२ प्रतिशत बढी खुद नाफा भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको कोषले यस वर्ष सोहि अवधिसम्ममा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

802
कारोबार संवाददाता
बुधवार, असार १७, २०७७

सेयर बजार मंगलबार ७२.०५ बिन्दुले बजार उकालो लागेको छ । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोबार स्थगन गरेको हो । बुधबार बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगाएसँगै कारोबार स्थगन भएको छ ।

975
कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७

कोरोनाभाइरसका कारण सरकारले लकडाउन गरेसँगै बन्द भएको सेयर बजारमा सोमबार कारोबार सुरु भएको छ । सोमबार बजार परिसूचक ५२ अंकसम्म घटेर १ हजार १४९ अंकसम्म झरे पनि कारोबार बन्द हुदाँसम्म घट्ने क्रममा कमी आइ १२ अंकले मात्र घटको हो ।

809
कारोबार संवाददाता
सोमवार, असार १५, २०७७

कोरोनाभाइरसको कारण लकडाउन सुरु भएदेखि बन्द रहेको धितोपत्रको दोस्रो बजार सोमबार (आज)बाट खुल्ने भएको छ । कोरोनाको जोखिम समान्य नहुदाँसम्म नियमित कारोबार समय भने ४ घण्टामात्र हुनेगरी कारोबार खुल्ने भएको हो । चैत ११ गते देखि बन्द रहेको सेयर बजारलाइ लकडाउन खुकुलो भइसक्दा पनि बन्द रहेपछि अर्थमन्त्रीलाई समेत जोडर आलोचना गर्न थालेपछि बजार खोल्ने विषयमा अध्ययन नै गरेर निर्णय गरेको हो ।

789
कारोबार संवाददाता
आइतवार, असार १४, २०७७

नेपाल धितोपत्र बोर्डले छिटोमा सोमबार र ढिलोमा मंगदलबारदेखि सेयर कारोबार सुचारु गर्ने भएको छ । धितोपत्र बजारको उतारचढावमा लगानीकर्ताका संघ संगठनले आन्दोलन प्रवृत्ति रोक्न आन्दोलन नगर्ने सर्त सहितको सम्झौतामा हस्ताक्षर गराएर कारोबार खुलाउने तयारी गरेको हो ।

657