कारोबार संवाददाता
सोमवार, श्रावण ५, २०७७
1736

नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा आइतबार चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । अरुण भ्याली हाइड्रोपावरको ६ लाख ५३ हजार १०९ कित्ता बोनस सेयर, चौतारी लघुवित्तको १ लाख ३० हजार २०० कित्ता, आरम्भ लघुवित्तको ४४ हजार २८० कित्ता र किसान माइक्रोफाइनान्सको २ लाख ५ हजार ९९२.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब यो सेयर दोस्रो बजारमा लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् । चौतारी लघुवित्त र आरम्भ लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भने सुरु भइसकेको छ ।