कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
987

सेयर बजार मंगलबार ७२.०५ बिन्दुले बजार उकालो लागेको छ । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोबार स्थगन गरेको हो । बुधबार बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगाएसँगै कारोबार स्थगन भएको छ । स्टकका अनुसार कुल ७२.०५ बिन्दु अर्थात ६.०६ प्रतिशतले बजार उकालो लागेको छ ।
नेप्से मंगलबार २६०.७५ अंकमा पुगेको छ । यस दिन १३४ कम्पनीको ४ लाख ८९ हजार ५३७ कित्ता सेयर रु २२ करोड ७२ लाख १२ हजार १९४ ले कारोबार भयो । स्टकले नेप्से पाँच प्रतिशत बढीले वृद्धि भएका कारण आजको कारोबार स्थगन भएको जनाएको छ । कारोबार शुरु भएको करिब एक घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो । दोस्रो पटक बजारमा पाँच प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो । तेस्रो पटक छ प्रतिशतले नेप्से बढेपनि कारोबार मंगलबारका लागि बन्द भयो ।