कारोबार संवाददाता
आइतवार, असार १४, २०७७
651

नेपाल धितोपत्र बोर्डले छिटोमा सोमबार र ढिलोमा मंगदलबारदेखि सेयर कारोबार सुचारु गर्ने भएको छ । धितोपत्र बजारको उतारचढावमा लगानीकर्ताका संघ संगठनले आन्दोलन प्रवृत्ति रोक्न आन्दोलन नगर्ने सर्त सहितको सम्झौतामा हस्ताक्षर गराएर कारोबार खुलाउने तयारी गरेको हो ।
धितोपत्र बोर्डले अलिहेको अवस्थामा बजार सुचारु गर्न आवश्यक रहे नरहेको विषयमा अध्ययन गर्नका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालको संयोजकत्वमा गत आइतबार अध्ययन समिति गठन गरेको थियो । सो समितिमा बजारसँग सम्बद्ध सबै पक्षहरु सहभागी गराई छलफल गरेर प्रतिवेदन समेत दिइसकेको छ । समितिले दिएको अध्ययन प्रतिवेदन अनुसार पनि लगानीकर्ताले घरबाट सेयर कारोबार गर्न सक्ने अवस्था रहेको हुदाँ बजार खुलाउन उयुक्त हुने सुझाव दिएको छ ।

बोर्डको आज (आइतबार) बिहान हुने सञ्चालक समितिको बैंठकले सो प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले बताए । “धितोपत्र बजार सोमबार र मंगलबारसम्म खुल्छ,” उनले भने, “धितोपत्र बजार लगानीकर्ता तथा सबै पक्षहरु पनि बजार खुलाउनु पर्ने पक्षमा एकमत भएको अवस्था छ, अध्ययन समितिको प्रतिवेदन अनुसार पनि अहिलेको अवस्थामा लगानीकर्ताले कारोबार गर्न सकिने निष्कर्ष निकालेको छ ।” सोही अध्ययन प्रतिवेदनमा छलफल गरेर सेयर कारोबार कहिलेदेखि गर्ने सन्दर्भमा निर्णय गर्ने उनले बताए । अध्ययन समितिको प्रतिवेदन र सबै पक्षसँगको छलफलका आधारमा धितोपत्र बजार ढिलोमा मंलबारदेखि खुल्ने समेत उनले बताए ।
धितोपत्र बजार खुलाउने विषयमा कसरी कारोबार गर्ने गराउने भनेर दुई विकल्प पनि राखिएको छ । धितोपत्रको कारोबार पुरानै कानुनी व्यवस्थाअनुसार कारोबार गराएको खण्डमा सोमबार नै कारोबार हुन सक्ने अवस्था रहन्छ भने कारोबार संयन्त्रमा परिवर्तन गरेको खण्डमा मंगलबारदेखि कारोबार हुने सम्भावना रहेको धितोपत्र बोर्डका एक अधिकारीले बताए ।
कोरोना भाइरसका कारण सरकारले लकडाउन सुरु गरेलगत्तै बन्द रहेको धितोपत्र बजार लकडाउन खुकुलो हुँदा पनि खुल्न सकेको छैन । गत चैत ११ गतेदेखि कारोबार रोकिएको धितोपत्र बजारमा यो साताभन्दा पर नजाने निश्चित भएको हो । धितोपत्र बोर्डले लकडाउनका बीचमा पनि नयाँ संयन्त्र बनाएर वैंशाख ३० र ३१ गते कारोबार गराएको थियो । ती दुवै दिन धितेपत्र बजार उच्च अंकले घटेपछि लगानीकर्ताले पनि बजार बन्द गराउन दवाव दिएका थिए । सेयर बजारको विकास र सुधार भन्दा पनि बजार घटेको अवस्थामा आन्दोलनमा उत्रने लगानीकर्ता भने धितोपत्र बोर्डको रोहबरमा शुक्रबार आगामी दिनमा आन्दोलन नगर्ने सहमति पत्रमा हस्ताक्षर नै गरेपछि बजार खुल्ने निश्चित भएको हो ।
तर, आफूहरुले माग राखेर बजार बन्द नगराएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । “लगानीकर्ता धितोपत्र बोर्डमा आन्दोलन गर्दैनौ भनेर सहमतिमा हस्ताक्षर गरेको भन्दा पनि बजार खुलाउने र धितोपत्र बोर्डका कमी कमजोरी तथा बजार सुधारका पक्षमा सहकार्य गरेर अघि बढ्ने भन्दै सहमति गरेको हो ।” लगानीकर्ताले बन्द गरेको नभइ धितोपत्र बजारको विकासको माग राख्ने हामीले माग गरेको भएपनि बजार नै बन्द गराउने पर्ने भन्ने माग आफूहरुको नभएको अर्यालले बताए । बजारको विकासको सन्दर्भमा लगानीकर्ता कहिल्यै विरुद्धमा नरहेको समेत उनले बताए ।
सरकारले लकडाउन खुकुलो बनाइ आर्थिक गतिविधि सुरु भइसक्दा पनि बिना कारण करिब ३ सातासम्म धितोपत्र बजारमा कारोबार बन्द रहयो । यसले आगामी दिन सेयर बजारमा आउने लगानीमा प्रत्यक्ष असर गर्ने निश्चित छ । यस विषयमा जिम्मेवार व्यक्तिले बजार निइन्त्रण भन्दापनि स्वतन्त्र रुपमा छोड्नका लागि आवश्यक पहल गर्नुपथ्र्यो । त्यसका साथै लगानीकर्ता पनि बजार खुल सम्पत्ति घट्छ भन्ने त्रासले नखुाउने पक्षमा नै उभिएका हुन् ।