कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६
957

साताको अन्तिम दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । मंगलबार झन्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से झन्डै ४६ अंकले घटेको छ ।
नेप्से ४५.९१ अंकले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ । कुल १ सय ८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता सेयर २ अर्ब २० करोड ६६ लाख ६२ हजार १ सय ८२ रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहकै सेयर ओरालो लागेको छ । बैंकिङ ४०.४२, व्यापार १२.०९, होटल ९२.६७, विकास बैंक ४६.६, जलविद्युत् ३२.९१, वित्त १५.३७, निर्जीवन बिमा ३१७, उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बिमा २३७.३ र सामूहिक लगानी कोष ०.१९ ले घटेको छ ।

कारोबारका आधारमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १९ करोड ८२ लाख १५ हजार ६ सय ६८ रुपैयाँबराबरको कारोबार भएको छ । यस्तै एनआईसी एसिया बैंक ११ करोड ६३ लाख ८५ हजार ६ सय ८३ रुपैयाँ, एनएमबी बैंक ९ करोड ४१ लाख ६५ हजार २ सय ६१ रुपैयाँ, शिवम् सिमेन्ट ७ करोड ८२ लाख ४८ हजार १ सय ३९ रुपैयाँ, हिमालयन डिस्टिलरी ७ करोड ७ लाख ६ हजार ६ सय ४६ रुपैयाँ, नेपाल बैंक लिमिटेड ५ करोड ८९ लाख ६९ हजार ४ सय ३१ रुपैयाँ र नवील बैंक ५ करोड २३ लाख ३० हजार ८ सय ६४ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा बिहीबार श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी २.४८, एबीएल डिवेञ्चर १.९८, दिव्यश्वरी हाइड्रोपावर १.९६, नविल व्यालेन्स फन्ड १.९६ र महिला सहयात्रा माइक्रो फाइनान्सका सेयरधनीले १.७० प्रतिशतले कमाएका छन् । त्यस्तै स्वाभिमान लघुवित्त १०, राधी विद्युत् कम्पनी ९.५२, हिमाल दोलाख हाइड्रोपावर ९.२७, बोटलर्स नेपाल तराई ८.४५, स्पर्श लघुवित्त ८.०५, आइएमई जनरल इन्स्योरेन्स ७.१९ र नेपाल फाइनान्सका सेयरधनीले ७.१४ प्रतिशतले गुमाए ।