कारोबार संवाददाता
सोमवार, फाल्गुन १९, २०७६
779

सेयर बजारमा सोमबार दोस्रो ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको कारण बन्द गरिएको छ । सेयर कारोबार खुला भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटे पछि ४० मिनेट रोकिएको थियाे ।
नेगेटिभ सर्किट लागेर ४० मिनेट पछि खुला भएकाे काराेबार पुन : ६ प्रतिशतले बढेर दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।६ प्रतिशतले घटेर सर्किट लागेपछि साेमबारको सम्पूर्ण कारोबार स्थगीत गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।१ बजेर २९ मिनेट हुँदा रोकिएको बजार ९६ अंकले ओरालो लागेको नेप्से परिसूचक, १ हजार ४ सय ९५ दशमलव ३० अंकमा आइपुगेको छ । कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी भएको छ ।