कारोबार संवाददाता
बुधवार, फाल्गुन १४, २०७६
421

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मंगलबार ४३.०२ ले बढेर १ हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।
नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कुल १ सय ८० कम्पनीको ७० लाख ५९ हजार ७ सय १२ कित्ता सेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५ सय २४ रुपैयाँबराबरको सेयर कारोबार भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये मंगलबार सबै उपसमूहको सेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १२.८९, व्यापार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत् ४६.५१, वित्त १९.४२, निर्जीवन बिमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बिमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो ।

स्टकका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १६ करोड ३३ लाख ५१ हजार १ सय ६८ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १४ करोड ३६ लाख १५ हजार १ सय ८२ रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनी १० करोड ६५ लाख ३४ हजार ३ सय ६२ रुपैयाँ, नेको इन्स्योरेन्स ९ करोड ४२ लाख ७७ हजार ५ सय ७९ रुपैयाँ, एनएमबी बैंक ९ करोड ३५ लाख ९ हजार ६ सय ६६ र एनआइसी एसिया बैंकको ९ करोड ७ लाख ५५ हजार ८ सय ५७ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८, र लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ९.९३ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३.६३, प्रोगेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेस्ट बैंक १.९२, एनआईबीएल प्रगति फन्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाए ।