कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६
470

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३४ अंकले बढेको छ । लगातार उकालो लागेको बजारमा सोमबार नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर १ हजार ३९८.२४ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले १ हजार ४ सयको दिशा पक्डेको छ । नेप्सेमा उच्च अंकको वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा परेको छ । सोमबार झन्डै २ अर्ब ७० करोड रुपैयाँ जतिको कारोबार भएको छ । कुल १ सय ७५ कम्पनीका ६४ लाख ७४ हजार ७ सय ५० कित्ता सेयर २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४ सय ४२ रुपैयाँमा खरिद–बिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहकै सेयर सोमबार उकालो लागेको छ । बैंकिङ ४१.१३, व्यापार ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, वित्त ९.७९, निर्जीवन बिमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बिमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ ले वृद्धि भएको छ ।
नेप्सेका अनुसार सोमबार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको १२ करोड ९४ लाख ९० हजार २ सय ३८ रुपैयाँबराबरको सेयर कारोबार भए । शिखर इन्स्योरेन्स कम्पनी ११ करोड २१ लाख ९६ हजार ३ सय ७३ रुपैयाँ, हिमालयन डिस्टिलरी १० करोड २९ लाख ३४ हजार ७ सय ८४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ९ करोड २ लाख ९४ हजार ७ सय ६६ रुपैयाँ, नेको इन्स्योरेन्स ८ करोड ९९ लाख ६३ हजार २ सय ४३ रुपैयाँ, एनआईसी एसिया बैंक ८ करोड ७५ लाख ३३ हजार २ सय ९१रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेमा अनुसार ङादी समूह, राष्ट्रिय बिमा कम्पनी पञ्चकन्या माईका सेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर ९.४४, अरुण काबेली पावर ८.५९, सेन्ट्रल फाइनान्स ८.३३, नबिल इक्विटी फन्ड ८.१४ र हिमालयन पावर पार्टनरका सेयरधनीले ७.५३ प्रतिशतले कमाए ।
त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ५.६३, नाडेप लघुवित्त वित्तीय संस्था ३.१२, नेरुडे लघुवित्त विकास बैंक ३.१०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.७३, सपोर्ट माइक्रोफाइनान्स २.७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।

 


सातामा धेरै पढिएको