कारोबार संवाददाता
मंगलबार, माघ ७, २०७६
540

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने झन्डै साढे २६ अंकले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर सोमबार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमबार २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झन्डै २ अर्ब रुपैयाँबराबर छ । कुल १ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार २ सय ३८ कित्ता सेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९ सय ९३ रुपैयाँमा खरिद–बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बिमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बिमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको २० करोड ९२ लाख ९५ हजार ९ सय ३६ रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्षस्थानमा रह्यो । एनसिसी बैंक १३ करोड ३२ लाख १६ हजार ८ सय १७ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ९ करोड ३० लाख २ हजार १ सय १७ रुपैयाँ, प्रभु बैंक ६ करोड ७१ लाख ३८ हजार ३ सय ५२ रुपैयाँ, एनआईसी एसिया बैंक ५ करोड ९८ लाख ४८ हजार ९ सय २ रुपैयाँ, शिवम् सिमेन्ट ५ करोड ८० लाख ३० हजार ९ सय ५५ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी ५ करोड ४४ लाख ९५ हजार रुपैयाँबराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लोबल आईएमई बैंक ९.७२, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका सेयरधनीले १.८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।