कारोबार संवाददाता
सोमवार, माघ ६, २०७६
429

साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आइतबारको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको हो ।साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ ।
लगातार उकालो लाग्दै आएको बजारमा आइतबारको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको हो ।यस्तै सेन्सेटिभ परिसूचक ५.५२ विन्दुले बढेर २८८.३९ मा पुगेको हो । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोवार रकमले पनि नयाँ उचाइ कायम गरेको छ । कुल १ सय ७८ कम्पनीको ६१ लाख ३१ हजार ४ सय १८ कित्ता सेयर २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९ सय १७ बराबरको कारोबार भएको हो । कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार व्यापार उपसमूहको मात्रै सेयर ओरालो लागेको छ । सो उपसमूह ७.९८ ले घट्दा बैंकिङ १७.९४, होटल ४९, विकास बैंक ६६.५३, जलविद्युत् ४५.४६, निर्जीवन बिमा ३३७.०२, उत्पादन ५९.९४, अन्य १२.३६, लघुवित्त ३२.०६, जीवन बीमा ४०३.२५ र सामूहिक लगानी कोष ०.५४ ले वृद्धि भएको छ ।

 बिमा समूहमा कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिएपछि बजार नयाँ विन्दुमा पुगेको स्पष्ट देख्न सकिन्छ । लगानीकर्तामा बढेको सकारात्मक मनोविज्ञानले पनि बजारलाई सकारात्मक लयमा लैजान अभिप्रेरित गरेको हो । नेप्सेका अनुसार आइतबार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा छ । सो कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सयको दरमा कारोबार हुँदा दिनभर १२ करोड १५ लाख ५९ हजार ८ सय ९५ रुपैयाँबराबरको कारोबार भई शीर्षस्थानमा रह्यो ।
यस्तै शिवम् सिमेन्ट १० करोड ८ लाख ५० हजार ७ सय ६ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८ करोड ७९ लाख ६९ हजार  ९ सय ३७ रुपैयाँ, प्रभु बैंक ८ करोड १८ लाख ५२ हजार ५ सय २९ रुपैयाँ, एनसीसी बैंक ६ करोड ६७ लाख ७६ हजार ३ सय ६८ रुपैयाँ, एनआईसी एसिया ६ करोड ३० लाख २३ हजार ३ सय ४३, नेपाल बैंक ४ करोड ९३ लाख ६० हजार ९ सय १७ र शिखर इन्सुरेन्स कम्पनी ४ करोड ७२ लाख ६९ हजार ७ सय ३५ रुपैयाँको कारोबार भई शीर्षस्थानमा रहे । 
नेप्सेका अनुसार लक्ष्मी इक्विटी फन्ड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, जानकी फाइनान्स प्राइम लाइफ इन्सुरेन्स, सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सगरमाथा इन्स्योरेन्स ९.९८, प्रिमियर इन्स्योरेन्स ९.९८, प्रभु इन्स्योरेन्स ९.९७ र प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.६९, कालिका पावर कम्पनी ५.०५, जोशी हाइड्रोपावर ४.४७, साल्ट टे«डिङ कर्पोरेसन ३.८८, विशाल बजार कम्पनी ३.८२ र श्री इन्भेस्टमेन्ट फाइनान्सका सेयरधनीले ३.४८ प्रतिशतले गुमाए ।