कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६
445

सातको अन्तिम दिन बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताको ३ दिन बजार बढे पनि बुधबार भने सामान्य अंकले घटेको नेप्सेमा बिहीबार भने झिनो अंकको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई २६४.२६ मा पुगेको छ । नेप्सेमा जस्तै सुधार कारोबार रकममा पनि देखिएको छ । कुल १ सय ७७ कम्पनीको ३८ लाख ४९ हजार ७ सय २२ कित्ता सेयर ८३ करोड ७० लाख ३५ हजार ७ सय ५७ रुपैयाँमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये बिहीबार पाँच उपसमूहको सेयर उकालो लाग्दा सात उपसमूहको सेयर भने ओरालो लागे । बैंकिङ १.४२, होटल ६.३९, जलविद्युत् १.०५, वित्त ०.३४, उत्पादन १०.५१, अन्य २.५६ र सामूहिक लगानी कोष ०.०७ ले घट्दा व्यापार ४.२५, विकास बैंक ६.७९, निर्जीवन बिमा ९५.४१, लघुवित्त ६३ र जीवन बीमा १९.१२ ले बढेको छ ।

कारोबारका आधारमा बिहीबार सिभिल बैंक शीर्षस्थानमा छ । सो बैंकको संस्थापक शेयर मात्रै २० करोड १८ लाख ८८ हजार १ सय रुपैयाँको कारोबार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्था २ करोड ३६ लाख २४ हजार १८ रुपैयाँ, डिप्रोक्स लघुवित्त वित्तीय संस्था २ करोड २४ लाख ३३ हजार ५ सय १८ रुपैयाँ, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक १ करोड ७० लाख २७ हजार ६ सय २ रुपैयाँ, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था १ करोड ६८ लाख २८ हजार १ सय ८ रुपैयाँ, साना किसान विकास बैंक १ करोड ५८ लाख २४ हजार ३ सय ४३ र प्रभु बैंकको १ करोड ५४ लाख ७८ हजार १ सय ६५ रुपैयाँबराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.९०, घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.८६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ९.४९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.३३ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.१० प्रतिशतले कमाए ।
त्यस्तै, रिलायन्स फाइनान्स ५.७३, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.८७, सेन्ट्रल फाइनान्स ३.७८, हिमालयन पावर पार्टनर २.६६, नेपाल इन्स्योरेन्स कम्पनी २.५१ र अरुण भ्याली हाइड्रोपावरका सेयरधनीले २.१५ प्रतिशतले गुमाए ।