कारोबार संवाददाता
मंगलबार, मंसिर १७, २०७६
737

आइतबार झिनो अंकले मात्रै वृद्धि भएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.८६ विन्दुले घटेर एक हजार १११.९९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ । नेप्से झिनो अंकले घटे पनि कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ ।
आइतबार कुल १ सय ६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता सेयर २० करोड ६३ लाख १४ हजार ३ सय २३ रुपैयाँमा कारोबार भएको थियो । सोमबार कुल १ सय ६४ कम्पनीको ८लाख २६ हजार ३ सय ६८ कित्ता सेयर २३ करोड २२ लाख ५९ हजार ३ सय ३१ रुपैयाँमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये सोमबार तीन उपसमूहको मात्रै सेयर उकालो लागेको छ । बैंकिङ १.१३, व्यापार १३.९९ र जलविद्युत् २.१८ विन्दुले बढेको छ । यस्तै होटल ८.८, विकास बैंक ३.८३, वित्त ०.६, निर्जीवन बिमा ३.७, उत्पादन ४.१, अन्य २.०४, लघुवित्त १.०४, जीवन बिमा ६४.०१ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।
कारोबारका आधारमा सोमबार एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको १ करोड ९३ लाख ९६ हजार ४ सय ५२ रुपैयाँबराबरको सेयर कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ करोड ३५ लाख ६९ हजार ९ सय १९ रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक १ करोड ११ लाख ६५ हजार ४ सय ४ रुपैयाँ, एनआईसी एसिया १ करोड ७ लाख ८३ हजार ८ सय ६५ रुपैयाँ, साल्टटे«डिङ कर्पोरेसन ८८ लाख ८७ हजार २ सय १३ रुपैयाँ र सेञ्चुरी बैंक ८१ लाख ६५ हजार ७ सय ६० रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ९.९६ प्रतिशतले कमाउँदा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ७.८३, साल्ट टे«डिङ कर्पोरेसन ४.४१, पाँचथर पावर कम्पनी ४, नेपाल हाइड्रो डेभलपर्स ३.७७ र स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.४५ प्रतिशतले कमाए ।
त्यस्तै अरुण काबेली पावर ६.५५, साइन रेसुङ्गामा डेभलपमेन्ट बैंक ५.८०, आँखु खोला जलविद्युत् कम्पनी ५.१७, आईएमई जनरल इन्स्योरेन्स ५.०५, सिनर्जी पावर ४.८१, लाइफ इन्स्योरेन्स कम्पनी ३.७९ र जोशी हाइड्रोपावरका सेयरधनीले ३.७० प्रतिशतले गुमाए ।