कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
732

ग्रीन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ । कम्पनीले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको भन्दै ग्रीनलाइफले ३४ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्रीका लागि अनुमति मागेको जनाएको छ ।
यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । ग्रीन लाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६ सय कित्ताका लागि मात्रै आवेदन परेको थियो ।