रासस
आइतवार, कार्तिक ३, २०७६
609

 दसैंको लामो बिदापछि खुलेको सेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय ग¥यो । दसैंको लामो बिदापछि खुलेको सेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय ग-यो ।धितोपत्र बजारमा यस साता कुल १ सय ६० कम्पनीको सेयर कारोबार भए ।
कुल ३२ लाख ८७ हजार ९ सय ६६ कित्ता सेयर ८० करोड ७५ लाख ५६ हजार ६ सय १२ रुपैयाँ खरिद बिक्री भए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका कारण साताको पहिलो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएका कारण बजार बन्द भयो । सोमबारदेखि बिहीबारसम्म खुलेको बजार उकालो लाग्ने अपेक्षा रहे पनि लय समात्न सकेन ।सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुग्यो । कुल १ सय ५४ कम्पनीको ८ लाख ३३ हजार ७५३ कित्ता सेयर २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँ मा खरिद बिक्री भए ।मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार भयो । सो दिन नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुग्यो । कुल १ सय ५० कम्पनीको ७ लाख १९ हजार ३ सय ३० कित्ता सेयर २० करोड ९२ लाख ६ हजार ६ सय ३१ रुपैयाँमा कारोबार भयो  ।

 बुधबार नेप्से परिसूचक पाँच अंकले ओरालो लाग्यो । नेप्से ५.०१ अंकले घटेर १ हजार १३७.०३ मा पुग्यो । स्टकका अनुसार बुधबार कुल १ सय ५९ कम्पनीका ७ लाख ३६ हजार ८ सय ८३ कित्ता सेयर १९ करोड ६६ लाख १८ हजार ९ सय ३६ मा रुपैयाँ खरिद बिक्री भए ।साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सामान्य वृद्धि भयो । सो दिन नेप्से परिसूचक ०.७१ अंकले बढेर १ हजार १३७.७५ मा पुग्यो । स्टकका अनुसार सो दिन कुल १ सय ६० कम्पनीका ९ लाख ९८ हजार कित्ता सेयर १८ करोड २९ लाख ९४ हजार ९ सय ५ रुपैयाँमा खरिद बिक्री भए । स्टकमा यस साता मिथिला लघुवित्त वित्तीय संस्थाको ६८ हजार ९ सय ४६ कित्ता सेयर लाभांश सूचीकृत भए ।बजार पुँजीकरणका आधारमा पनि यस साता नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा छ ।
यस्तै नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्डर्ट बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक, कृषि विकास बैंक र एनएमबी बैंक शीर्ष दशमा छन् ।८२ कम्पनीको कारोवार रोक्कानेपाल स्टक एक्सचेञ्जले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८२ कम्पनीको कारोबार स्थगित गरेको जनाएको छ । स्टकका सूचीकरणका शाखाका अनुसार लघुवित्त १९, व्यापार तीन, होटल दुई, अन्य दुई उत्पादन ११, विकास बैंक १८, बिमा दुई, वित्त ११ र जलविद्युत्का १३ कम्पनीको कारोबार स्थगित गरेको हो ।