रासस
शुक्रवार, आश्विन १०, २०७६
595

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा बिहीबार पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ ।
नेप्से आरोलो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १ सय ६८ कम्पनीको ७ लाख ९९ हजार १ सय २८ कित्ता सेयर २१ करोड २५ लाख ४१ हजार ३ सय ५२ रुपैयाँमा खरिद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको सेयर वृद्धि भएको छ भने आठ उपसमूहको सेयर ओरालो लागेको छ । होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बिमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.७५, व्यापार ४.८२, विकस बैंक ४.७, वित्त ०.०२, निर्जीवन बिमा १३.६३, उत्पादन ९.९४, अन्य ०.२१, लघुवित्त ३.७३ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा बिहीबार माछापुच्छे« बैंक शीर्ष स्थानमा छ । सो बैंकको १ करोड ९४ लाख ६१ हजार ९ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै सानिमा बैंक १ करोड २५ लाख ९ हजार ९ सय ५४ रुपैयाँ, प्रभु बैंक १ करोड १४ लाख ८६ हजार ६ सय ११ रुपैयाँ, मेगा बैंक १ करोड १ लाख १८ हजार ८ सय २२ रुपैयाँ, नेपाल बैंक लिमिटेड ८३ लाख ९ सय ७५ रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनी ६६ लाख १९ हजार २ सय ७२ रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
घटेको बजारमा सिनर्जी पावरका लगानीकर्ताले ७.४६ प्रतिशतले कमाए । यस्तै गुर्खाज फाइनान्स ६.५४, हिमालयन ऊर्जा विकास कम्पनी ५.६६, नेरुडे लघुवित्त वित्तीय संस्था ३.८४, हिमालयन पावर पार्टरन ३.८२ र समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाए । त्यस्तै गुमाउनेमा जोशी हाइड्रोपावर ५.२६, विशाल बजार कम्पनी ३.९३, विजय लघुवित्त वित्तीय संस्था ३.९२, आरएमडिसी लघुवित्त वित्तीय संस्था ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६६ र आँखु खोला जलविद्युत् कम्पनीका सेयरधनीले ३.६३ प्रतिशतले गुमाए ।