कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६
547

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उचार चढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कुल १ सय ७५ कम्पनीको ६१ लाख ५ सय ५९ कित्ता सेयर १ अर्ब ३० करोड ७ लाख २३ हजार ८ सय ५६ बराबरको कारोबार भयो ।
कारोबारका आधारमा हेर्दा साताभर बजार ओरालो लागेको असर देखिएको छ । अघिल्लो साताको बिहीबार १ हजार २२४.०३ बिन्दुमा पुगेर बन्द भएको बजार यस साताको पहिलो दिन नेप्से ९.२० बिन्दुले घटेर १ हजार २१४.८३ बिन्दुमा झ-यो ।

सो दिन नेप्से ओरालो लाग्दो कारोबार रकमसमेत सस्तैमा समेटियो । कुल १६० कम्पनीको ११ लाख १ हजार ७७६ कित्ता सेयर ३२ करोड ९५ लाख २७ हजार ९ सय १५ रुपैयाँमा खरिद बिक्री भए ।
यस्तै सोमबार नेप्से परिसूचक ७ दशमलव २३ विन्दुले बढेर एक हजार २२२ दशमलव ०६ विन्दुमा पुग्यो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेन । त्यसदिन कुल १ सय ७५ कम्पनीको १४ लाख ७७ हजार ४ सय ३५ कित्ता सेयर ३८ करोड ९६ लाख २५ हजार रुपैयाँमा खरिद बिक्री भए ।
मंगलबार नेप्से परिसूचक ८.४३ घटेर १ हजार २१३. ६३ बिन्दुमा झ¥यो । नेप्से घट्दा कारोबार रकम पनि ओरालो लाग्यो । सो दिन कुल १ सय ६५ कम्पनीको ११ लाख ७३ हजार ५ सय १० कित्ता सेयर २७ करोड २५ लाख ९ हजार २० रुपैयाँमा खरिद बिक्री भए । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले सुधार आयो । स्टकका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.४२ विन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुग्यो । नेप्सेमा झिनो अंकले सुधार आउँदा कारोबार रकम भने औसतभन्दा कम हुन पुग्यो । कुल १ सय ६१ कम्पनीको सेयर १२ लाख ७० हजार १ सय १८ कित्ता सेयर २९ करोड २६ लाख ४१ हजार ७ सय १८ रुपैयाँमा खरिद बिक्री भए ।
यसैगरी साताको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आयो । स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से ०.९९ विन्दुले घटेर एक हजार २१३.०६ विन्दुमा झ¥यो । नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आयो । कुल १ सय ७२ कम्पनीको १० लाख ७७ हजार ७ सय २० कित्ता सेयर २६ करोड १६ लाख ७० हजार २ सय ३ रुपैयाँमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह्यो । यसैगरी एनआईसी एसिया, रसुवागढी हाइड्रोपावर कम्पनी, कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, माछापुछ्रे बैंक, नविल बैंक र शिवम् सिमेन्ट लिमिटेड क्रमशः शीर्ष स्थानमा रहे ।
यसैगरी बजार पुँजीकरणका आधारमा दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहँदा नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया, कृषि विकास बैंक र नेपाल एसबीआई बैंक क्रमशः शीर्ष स्थानमा रहे । त्यस्तै स्टकमा यस साता दुई कम्पनीका सेयर सूचीकृत भए । सबैको लघुवित्त वित्तीय संस्थाको १६ लाख ५० हजार कित्ता साधारण सेयर र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भए ।