कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
756

धितोपत्र बजारमा यस साता कुल १ सय ७१ कम्पनीको सेयर कारोबार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन १ हजार २२४.०३ मा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कुल ७५ लाख ४४ हजार १३ कित्ता सेयर १ अर्ब ७८ करोड ९२ लाख २३ हजार ६ सय ६६ रुपैयाँमा खरिद बिक्री भए ।
गत साताको अन्तिम दिन अर्थात् यही साउन २३ गते १ हजार २३८.५६ मा बन्द भएको थियो । यस साताको सुरुआती दिन अर्थात् आइतबार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर १ हजार २३३.७१ बिन्दुमा झ-यो । आइतबार कुल १ सय ६६ कम्पनीको ११ लाख ४५ हजार ५ सय ७ कित्ता सेयर ३१ करोड १७ लाख ५६ हजार ८ सय ५६ रुपैयाँमा खरिद बिक्री भए ।

यस्तै सोमबार नेप्से परिसूचकमा झिनो अंकले सुधार भयो । सो दिन परिसूचक ०.१३ बिन्दुले सुधार आई १ हजार २३३.८५ बिन्दुमा कायम भयो । उक्त दिन कुल १ सय ७१ कम्पनीको १८ लाख २१ हजार ८ सय २२ कित्ता सेयर ३१ करोड ४२ लाख २८ हजार ९ सय २१ रुपैयाँमा खरिद बिक्री भए ।
मंगलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.७८ अंकले घटेर १ हजार २३१.०७ मा पुग्यो । कुल १ सय ६५ कम्पनीका १८ लाख ९६ लाख ४ सय ५४ कित्ता सेयर ४८ करोड १६ लाख २९ हजार ७ सय ६० रुपैयाँमा खरिद बिक्री भए । बुधबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन परिसूचक ५.१७ बिन्दुले घटेर १ हजार २२५.९० मा झ¥यो । कुल १ सय ६९ कम्पनीका १० लाख ६९ हजार ६ सय ९० कित्ता सेयर २५ करोड ७२ लाख ८५ हजार १ रुपैयाँमा खरिद बिक्री भए ।
साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह््यो । सो दिन परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको १६ लाख १० हजार ५ सय ४० कित्ता सेयर ४२ करोड ४३ लाख २३ हजार १ सय २८ रुपैयाँमा कारोबार भयो ।
यस्तै साताभर कारोवारका आधारमा दुई जलविद्युत् कम्पनीसहित वाणिज्य बैंकको बोलवाला रह्यो ।माछापुछ्रे  बैंक शीर्ष स्थानमा रहँदा रसुवागढी जलविद्युत् कम्पनी, लक्ष्मी बैंक, नेपाल बैंक, साञ्जेन जलविद्युत् कम्पनी, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, सनराइज बैंक र एनआईसी एसिया बैंक क्रमशः दश कम्पनीका सेयर कारोबार भए । बजार पुँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम शीर्ष स्थानमा रह्यो । नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टर्ड बैंक, एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक र नेपाल एसबीआई बैंक बजार पुँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीमा पर्न सफल भए ।
यस साता दुई कम्पनीका सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भए । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ५८ हजार २ सय ८० कित्ता सेयर लाभांश र नेपाल इन्भेस्ट बैंकको २७ लाख ९८ हजार ४ सय १९ कित्ता अर्डिनरी सेयर सूचीकृत भए ।