रासस
बुधवार, श्रावण २२, २०७६
372

 नेप्से परिसूचक मंगलबार करिब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अंकले घटेर १ हजार २४५.७३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९१ अंकले घटेर २६९.१० मा पुगेको छ । स्टकका अनुसार कुल १ सय ६९ कम्पनीका १४ लाख ४९ हजार ६ सय ९७ कित्ता सेयर ५४ करोड ७ लाख ५५ हजार १ सय ८२ रुपैयाँमा खरिद बिक्री भए ।  नेप्से परिसूचक मंगलबार करिब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अंकले घटेर १ हजार २४५.७३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९१ अंकले घटेर २६९.१० मा पुगेको छ ।
स्टकका अनुसार कुल १ सय ६९ कम्पनीका १४ लाख ४९ हजार ६ सय ९७ कित्ता सेयर ५४ करोड ७ लाख ५५ हजार १ सय ८२ रुपैयाँमा खरिद बिक्री भए । कारोबार भएका १२ वटै उपसमूहको सेयर मंगलबार ओरालो लागेको छ । बैंकिङ ९.३६, व्यापार १.६९, होटल २५.८८, विकास बैंक ५.२१, जलविद्युत् ६.८३, वित्त ४.७४, निर्जीवन बिमा ४०.९७, उत्पादन ३०.६४, अन्य १.६, लघुवित्त २१.०९, जीवन बिमा ६.११ र सामूहिक लगानी कोष ०.०९ अंकले ओरालो लागेको छ । कारोबार रकमका आधारमा मंगलबार कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ८ करोड ५४ लाख ४१ हजार ३ सय ६८ रुपैयाँ बराबरको सेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड ४ करोड १६ लाख १० हजार ६

सय १ रुपैयाँ, एनआईसी एसिया १ करोड ९६ लाख ९ हजार ८०९, प्रभू बैंक १ करोड ३१ लाख ५२ हजार ६ सय ७१ रुपैयाँ, लुम्बिनी विकास बैंक १ करोड १८ लाख ३ हजार ३ सय ९९ र सिद्धार्थ बैंकको १ करोड ५ लाख ४० हजार १ सय ५३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार मंगलबार जोशी हाइड्रोपावर २.७४, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २.६०, लक्ष्मी लघुवित्त वित्तीय संस्था २.६०, कालीका पावर कम्पनी २.३३ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए ।
यस्तै सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाउँदा स्पर्श लघुवित्त वित्तीय संस्था ९.९३, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.२१, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ८.१३, गुराँस लघुवित्त वित्तीय संस्था ७.४२ र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए । यस्तै स्टकमा मंगलबारदेखि रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीका सेयर कारोबार सुरु भएको छ । स्टकले रसुवागढीलाई सुरुवाती कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९७ रुपैयाँ २९ पैसा र अधिकतम २९१ रुपैयाँ ८७ पैसा तोकेको थियो । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको सेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९६ रुपैयाँ ३२ पैसा र अधिकतम २ सय ८८ रुपैयाँ ९६ पैसा तोकेको थियो । ती दुवै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समावेश छन् ।