कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६
610

धितोपत्र बजारमा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.५५ अंकले घटेर १ हजार २५५.०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अंकले घटेर २७१.०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार सोमबार १६७ कम्पनीका १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर ४४ करोड ३२ लाख ५ हजार ४ सय ८१ रुपैयाँमा खरिद बिक्री भयो ।
कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको सेयरमात्र उकालो लागेको छ । निर्जीवन बिमा ३.४९ र सामूहिक लगानी कोषका सेयर ०.११ अंकले बढेको छ । त्यस्तै बैंकिङ २.८३, होटल ३.८६, विकास बैंक ३.४४, जलविद्युत् १.८२, वित्त ३.५२, उत्पादन १६.०९, अन्य २.१९, लघुवित्त २७.०२, जीवन बिमा २१.८४ अंकले ओरालो लागेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर २ करोड ६९ लाख ७८ हजार ४० रुपैयाँमा खरिद बिक्री भयो । त्यस्तै कृषि विकास बैंकको १ करोड ४३ लाख ८२ हजार २ सय ४५ रुपैयाँ, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको १ करोड ७१ लाख २१ हजार १ सय ६२ रुपैयाँ, छिमेकी लघुवित्त विकास बैंकको सेयर १ करोड ६९ लाख २ सय ८५ रुपैयाँमा कारोबार भए ।
घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.०४ प्रतिशतले कमाए । त्यस्तै रिलायन्स फाइनान्स ३.३३, एनएमबी हाइब्रिड फन्ड–१ २.३७, युनिभर्सल पावर कम्पनी २.३३ र एभरेस्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले १.९९ प्रतिशतले कमाए ।
स्पर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९९ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.५६, गुराँस लघुवित्त वित्तीय संस्था ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ८.१० र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ७.१० प्रतिशतले गुमाए ।

 


सातामा धेरै पढिएको